काठमाडौं,साउन११–मलेसियामा बस्दै आएका नेपालीहरुले एक मेनपावर व्यवसायीलाई अपहरण गरी ३० लाख रुपैयाँ फिरौती असुलेका छन् । कामदारको डिमान्ड मिलाइदिने भन्दै नेपालबाट मेनपावर व्यवसायीलाई मलेसिया बोलाएर उनीहरुले अपहरण गरेका हुन् ।
इमन मेनपावरका सञ्चालक राम नेपाललाई मलेसिया बोलाएर बन्धक बनाई फिरौती असुलिएको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अपहरणका नाइके कमल कमल गौलीलाई केही दिनअघि पक्राउ गरेको छ ।
सिआइवीका अनुसार घटना २५ जेठको हो । मेनपावर व्यवसायी नेपाललाई कामदार मिलाइदिने भन्दै गौलीको समुहले प्रलोभनमा पारी मलेसिया बोलाएको थियो ।पटकपटक बोलाएपछि विजिनेसका लागि नेपाल मलेसिया गएका थिए । मलेसिया पुगेपछि उनलाई जंगलमा ६ दिनसम्म बन्धक बनाइएको थियो । त्यसपछि मात्र उनले आफु आपराधिक समुहको फन्दामा परेको थाहा पाएका थिए ।
बन्धक बनाएपछि ५० लाख फिरौती माग्दै धम्क्याइएको थियो । पछि ३० लाखमा सहमति भएपछि काठमाडौंबाट पैसा मगाएर नेपाल मुक्त भएका थिए,नयाँ पत्रिका दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment