यो क्षेत्र पूर्वी युरोपको इस्टोनियाको तटवर्ती क्षेत्र हो। त्यहाँको यातायात नियमअनुसार सडकमा सिटबेल्ट लगाउन निषेध छ।
त्यहाँ कुनै पनि समयमा गाडी चलाउँदा चलाउँदै हाम फाल्नुपर्ने हुनाले यस्तो नियम राखिएको हो। यहाँ घाम गएपछि गाडी चलाउन पाइँदैन भने साढे दुई टन तौलसम्मको गाडी मात्र प्रयोग गर्न अनुमति छ।
गाडी २५ देखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिँदैन। पक्कै पनि कस्तो नियम भनेर धेरैलाई अचम्म लाग्ला। करिब २५ किलोमिटर लामो उक्त सडक हिउँले बनेको छ। यो युरोपको सबैभन्दा लामो हिउँ सडक हो।
यो तटवर्ती क्षेत्र हियुमा द्वीपसँग जोडिएको छ। ४० किलोमिटरको गतिमा गाडीको टायरमा खतरनाक कम्पन हुन थाल्छ, तर हिउँको सडकमा गाडी चलाउनु इस्टोनियाली द्वीपको संस्कृति तथा इतिहास हो।
यहाँ सुस्त तरिकाले गाडी चलाउँदा सुरक्षा नहुन पनि सक्छ। त्यसैले यस सडकमा गाडी ७० किलोमिटर प्रतिघन्टाको गतिमा कुदाउन संकेत राखिएको छ। -एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment