• Breaking News

    7.28.2014

    नाङ्गै पारेर श्रीमतीलाई घर निकाला !

    गजुरी (धादिङ), साउन १३ – सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।
    उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ ।
    ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’– पीडित महिलाले रुँदै बताइन् ।
    राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए ।
    पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र