• Breaking News

    7.24.2014

    भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने

    काठमाडौँ, ९ साउन, नवनिर्वाचित भारतीय सरकारकी विदेशमन्त्री सुष्मा स्वराज ३ दिने भ्रमणको शिलशिलामा आज नेपाल आउने भएकि छिन् । २३ वर्षपछि नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठकको लागि स्वराज आज साँझ ६ बजे नेपाल आइपुग्ने भएकी हुन् ।

    सन् १९८७ मै गठन भएको आयोगको सन् १९९१ को दोस्रो बैठकपछि कुनै पनि बैठक बस्न सकेको छैन । आयोगलाई निरन्तरता दिने उद्देश्यले बैठकको आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक शनिवार विहान १० बजेबाट प्रारम्भ हुने पनि मन्त्रालयले जनाएको छ ।

    बैठकमा राजनीति, सुरक्षा, नेपाल–भारत सीमा व्यवस्थापन, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत तथा संस्कृति, शिक्षा र सूचना प्रविधिजस्ता विषयलाई प्राथमिकतामा राखेर महत्वपूर्ण छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणको क्रममा स्वराजले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु लगायतसँग भेटवार्ता गर्ने पनि कार्यक्रम तय भएको नेपाल स्थित भारतीय राजदुतावासले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको विदेशमन्त्रीको नेपाल भ्रमणलाई विशेष भ्रमणको रुपमा हेरिएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र