• Breaking News

    7.22.2014

    इजरायली आक्रमणको विरोधमा नेपालमा धर्ना

     काठमाडौं, साउन ६–इजरायले प्यालेस्टाइनीमाथि अमानविय ढंगले आक्रमण जारी राखेको भन्दै नेपालस्थित संयुक्त राट्रसंघको कार्यालयमा नेपालीहरुले धर्ना दिने भएका छन् । पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा बिहिबार दिउँसो ३ बजेदेखि हुने धर्ना कार्यक्रममा स्वतस्फूर्त रुपमा लेखक, लेखक पत्रकार, अधिकारकर्मीलगायतको सहभागिता रहने भारतको नयाँदिल्लीबाट प्रकाशित हुने समकालिन पीइसरी दुनियाका नेपाल प्रतिनिधि नरेश ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । उनले इजरायलले अमानविय ढंगले प्यालेस्टायनीमाथि आक्रमण गरिरहेको भन्दै प्यालेस्टाइनी जनताको मानवअधिकारको रक्षाको लागि दवाव दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

     यो कार्यक्रमम पहिलो चरणको भएको र आक्रमण जारीरहे इजरायली दुतावासमा समेत धर्ना बस्ने तयारीमा आफूहरु रहेको उनले जानकारी दिए । केहि सातायता इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्किदा हालसम्म चारसय भन्दाबढी प्यालेस्टायनी नागरिकको मृत्यु भइसकेको छ । मर्नेहरुमध्ये अधिकांश बालबालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्धको कारबाही भन्दै प्यालेस्टाइनविरुद्ध हवाई आक्रमण गर्दै आएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र