• Breaking News

    7.24.2014

    चौँरीको आलो रगत पिउने मेला सुरु (भिडियो सहित)

    म्याग्दी, ९ श्रावण, म्याग्दीको शिख गाविस वडा नम्बर ६ स्थित खोप्रा लेकमा चौँरी गाईको आलो रगत पिउने मेला बिहीवारबाट सुरु भएको छ । नागी–पाउद्वार संयुक्त चौँरीपालन समितिको आयोजनामा सुरु भएको मेलामा चौँरी गाईको आलो रगत पिएर उपचार गराउने गरिन्छ । यार्सागुम्बा, जटामसी, नीरमसी, पाँचऔँलेजस्ता जडिबुटी पाइने लेकमा चर्ने चौँरीको रगत पिउँदा ग्यास्ट्रिक, गानोगोला, वाथ, शारीरिक कमजोरी हाडजोर्नी दुख्ने लगायतका धेरै रोग निको हुने मान्यता अनुसार यो मेला हरेक वर्ष मनाइने गरिन्छ । पाँच दिनसम्म चल्ने यो मेलामा जिल्लाकै शिख, घार, नारच्याङ, भुरुङ, तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनी गाविस र पोखरा तथा काठमाडौँबाट समेत सर्वसाधारणको सहभागित हुने गरेको छ । यो वर्ष करिब पाँच सय विरामीलाई चौँरीको आलो रगत पिउने व्यवस्था मिलाइने आयोजक समितिका सचिव भीम पुनले बताएका छन् । प्रति ग्लास ८० रुपैयाको दरले रगत बेचिने र सो बापत उठेको रकम हिमाञ्चल उच्च मावि नागी र शिखको पाउद्वार मावि सञ्चालनका लागि खर्च गरिने आयोजक समितिले जनाएको छ । एउटा चौँरी गाईबाट २० देखि २५ ग्लाससम्म रगत निकाल्न सकिने र यसो गर्दा उक्त चौँरीलाई कुनै असर नहुने दाबी समितिका अध्यक्ष रुद्र बहादुर तिलिजाले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र