• Breaking News

    7.29.2014

    सुरक्षा मागेको तीन दिन नबित्दै हत्या

    राजविराज,साउन१४–शान्ति सुरक्षा माग्दै तीन दिनअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी एक महिलाको विभत्स ढंगले हत्या गरिएको छ । सप्तरीको सिम्राहा सिग्यौन– ६ बस्ने ४० वर्षीया उर्मिलादेवी मण्डलको घाँटी रेटी हत्या गरिएको हो ।
    गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आफ्नो ज्यान खतरामा रहेको र कुनैबेला पनि आक्रमण हुन सक्ने भन्दै उर्मिलाले गाँउकै चार पाँच जना विरुद्ध उजुरी दिँदै सुरक्षा माग गरेकी थिइन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकै बेला सोमबार उनी मृत फेला परेकी हुन् ।
    गाँउकै छातापुर नहरको डिलमा घाँटी रेटेर हत्या गरि फालिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको छ ।
    गाउँलेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि सोमबारै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याइएको छ ।
    स्व. बासुदेब मण्डलकी कान्छी श्रीमती उर्मिला र स्थानीय केही ब्यक्तिबीच जग्गाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको गाउँलेहरु बताउँछन् । आजको राजधानी दैनिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र