• Breaking News

    7.28.2014

    फेसबुकका कारणले ४ जनाको हत्या ..

    काठमाडौं, श्रावण १२ । फेसबुकमा इस्लामको आलोचना गरेको निहुँमा फैलिएको हल्लाकै कारण पाकिस्तानमा चारजना मारिएका छन् । हल्लाकैबीच गुजराँवालामा भएको आगलागीमा अल्पसंख्यक ‘अहमदिया’ समुदायका चारजना मारिएका हुन् ।

    हल्लाकै आधारमा आक्रोशित बनेको भीडले थुप्रै घरमा आगो लगाउँदा चारजना मारिनुका साथै अरु चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दुई महिना पहिला पनि त्यही क्षेत्रमा ‘ईस’ निन्दाको निहुँमा एक युवकले अहमदी व्यक्तिको हत्या गरेका थिए । पाकिस्तानमा ‘अहमदी’ समुदायका मानिसलाई मुसलमान मानिन्न । (एजेन्सी)


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र