• Breaking News

    7.16.2014

    यात्रुको नगद समेत भएको पर्स लिएर भाग्ने ट्याक्सी चालक पक्राउ

    साउन १ , काठमाडौ ।
    यात्रुको नगद समेत भएको पर्स लिएर भाग्ने बा.१ ज ३२९७ नम्वरको ट्याक्सी चालक जितपुरफेदी–२ डेरा गरी बस्ने नुवाकोट जिल्ला सल्याङ–७ घर भएका ३५ बर्षीय प्रेम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ महानगरपालिका–२९ सातघुम्ती चोकबाट तनहुँ घर भई हाल जापान बस्दै गरेका ३३ बर्षीय राजन परियार असार ३० गते दिउँसो उक्त ट्याक्सी चढी ओर्लने क्रममा जापानिज युआन ३ लाख ५० हजार, नेपाली ४० हजार रुपैयाँ र निजको परिचयपत्र समेत भएको पर्स ट्याक्सीमा छुटेको भन्दा भन्दै चालकले ट्याक्सी नरोकी भागेका थिए ।

    सो घटनाको खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले असार ३१ गते बेलुका ट्याक्सीलाई नियन्त्रणमा लिई चालक थिङको डेरा कोठा तलासी गर्दा २ लाख ४ हजार जापानिज युआन र बैंक कार्ड १ थान बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र