• Breaking News

    7.29.2014

    यस्ता देखिए पारस शाह, बैंककको शिव मन्दिरमा

    काठमाडौं, श्रावण १३ । पूर्वयुवराज पारस शाह नेपाल फर्कने तयारीमा रहेको हल्ला चलिरहेका बेला उनको पछिल्ला तस्वीरहरु सामाजिक सञ्चालमार्फत् सार्वजनिक भएका छन् । एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले आफ्नो फेसबुकमा शाहसहितको तस्वीर सार्वजनिक गरेका छन् ।

    सार्वजनिक भएको तस्वीरमा पारस दुब्लाएको देखिएको छ भने कपाल निकै लामो देखिएको छ ।

    पारसले सोमबार (हिजो) थाइल्याण्डको बैंककस्थित शिव मन्दिरमा पुगेर जल चढाएको अधिकारीले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । यस्तै, पारसले ‘नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित प्रार्थना’ गरेको पनि अधिकारीको फेसबुकमा उल्लेख छ ।

    केही समयअघि थाइल्याण्डमा गाँजासहित पक्राउ परेपछि उनी नेपाल आउने हल्लाले तीव्रता पाएको छ । यद्यपि, नेपाल फर्कने दिनका बारेमा भने केही सार्वजनिक भइसकेको छैन ।
    सुमन अधिकारीको फेसबुकबाट साभार गरिएका तस्वीरहरु ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र