• Breaking News

    7.14.2014

    डडेल्धुरामा ८ वर्षकी बालिका बलात्कृत

    डडेल्धुरा, असार ३० – डडेल्धुरामा एक आठ वर्षकी बालिका वलात्कृत भएकी छन् ।
    जिल्लाको असिग्राम गाविस वडा नं. ५ मटेलाका ५८ वर्षकी पदमबहादुर देउवाले एक आठ वर्षकी बालिकालाई बलात्कार गरेका हुन् ।
    मामा घरमा आएर बसेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी केही दिन अघि नै बलात्कार गरेको भएपनि ढिलो गरी घटना सार्वजनिक भएको हो । बलात्कारी देउवा भने फरार रहेका छन् ।
    प्रहरीमा उजुरी परेकाले उनको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पीडित बालिकालाई भने सुदुरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा स्वास्थ्य परिक्षणपछि महिला मुक्ती समाज डडेल्धुराको सेफहाउसमा राखिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र