काठमाडौं,साउन१२– एमाले बरिष्ठ नेता झलनाथ खनालले संविधान समयमा जारी गर्न तत्काल राष्«पति फेर्नुपर्ने बताएका छन् ।
आजको कारोवार दैनिकका अनुसार खनालले तत्काल राष्ट्रपति फेरेर माघ ८ मा संविधान जारी गर्न आवश्यक रहेको बताए । खनालले राष्ट्रपति फेर्ने कुरामा कांग्रेस पनि सकारात्मक रहेको दाबी गरे ।
यद्यपी उनले राष्ट्रपति फेर्न आवश्यक भए पनि सरकारले भने माघ ८ सम्म निरन्तरता पाउने बताए । खनालले संविधान निर्माणका कामले तीव्रता पाएका कारण माघ ८ सम्म नेपालले नयाँ संविधान पाउने दावी गरे । यसअघि एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपतिले निरन्तरता पाउन नहुने धारणा व्यक्त गरिसकेका छन् ।
ratopati
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment