• Breaking News

    7.26.2014

    माघ ८ मा संविधान आउँछ : नेता डा भट्टराई

    विराटनगर, १० साउन । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बाह्रबुँदे सहमति, बृहत् शान्ति सम्झौता र विभिन्न मोर्चासँग भएको सम्झौताअनुसार आगामी माघ ८ गते संविधान आउने बताएका छन् ।

    विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको भेटमा उनले नेकपा–माओवादीलगायत संसद् बाहिर रहेका दललाई सहभागी गराएर तोकिएको समयमा संविधान निर्माण हुने दाबी गरे ।

    पहिलो संविधानसभामा भन्दा दोस्रो संविधानसभामा दलहरुबीच संविधान निर्माणका प्रक्रियामासन्तोषजनक प्रगति रहेको वरिष्ठ नेता भट्टराईले बताए ।

     उनले संविधान निर्माणका विभिन्न १०० भन्दा बढी बुँदामा दलहरुबीच सहमति भएको र कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढिरहेकाले निर्धारित समयमा संविधान बन्ने आधार तय भएको प्रष्ट पारे ।
       
    पूर्व प्रधानमन्त्री डा भट्टराईले कुनै एक वा दुई दललाई बाहिर राखेर सहमतिको संविधान नबन्ने उल्लेख गर्दै संविधान निर्माण प्रक्रियामा नेकपा–माओवादीलाई सहभागी गराउन आइतबारदेखि सो पार्टीसँग बृहत् छलफल एवम् वार्ता हुने जानकारी दिए ।
       
    एक प्रश्नको जवाफमा उनले संविधानमा सबै जातजाति एवम् समूहको माग सम्बोधन गर्न तराई तथा पहाडमा क्रियाशील भूमिगत समूहसँग वार्ता अगाडि बढाउन लागेको जानकारी पनि दिए   ।
       
    नेता डा भट्टराईले विभिन्न दल मिलेर बनाएको मोर्चाले संविधान निर्माण प्रक्रियामा कुनै बाधाव्यवधान नहुने उल्लेख गर्दै विचार मिल्ने दलहरुबीचमा मोर्चा निर्माणबाट संविधान निर्माण प्रक्रियामा झन सहज हुने उल्लेख गरे ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र