• Breaking News

    7.23.2014

    बच्चा जन्माएर आमा किन भागिन ?

    ७ साउन, बेलौरी (कञ्चनपुर)।
    कञ्चनपुरमा एक महिलालले बच्चा जन्माएर फरार भएकी छिन् ।
    आज दिउँसो २ बजेतिर महाकाली अञ्चल अस्पतालमा बच्चा जन्माएर फरार भएकी हुन् ।
    महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार संस्थागत क्लिनिक बाहिर बच्चा जन्माएर महिला फरार भएकी अस्पताल स्रोतले जनाएको छ ।

    महाकाली अञ्चल अस्पतालका मेडिकल अफिसर केशवदत्त अवस्थीका अनुसार महिलाले अस्पतालभित्र रहेको संस्थागत क्लिनिक बाहिर बच्चा जन्माएर फरार भएकी हुन् ।

    चारदिनसम्म दिसा नखुलेको भन्दै ती महिलाले अस्पतालबाट औषधि लगेको महाकाली अञ्चल अस्पतालका महेशराज जोशीले जानकारी दिनुभयो । अवैध गर्भ रहेका कारण उक्त बच्चा छोडी ती महिला फरार भएको हुनसक्ने जोशीले बताउनुभयो । उक्त महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र