३२ असार, पोखरा ।
कान्छी श्रीमतीको हत्या गरी फरार कास्की जिल्लाको ढिकुरपोखरी गाविस–१ का विनोद केसीलाई चितवनको दिव्यनगरबाट पक्राउ गरिएकोे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यही असार १३ गते ३३ वर्षीया कान्छी श्रीमती विन्दु केसी तामाङलाई हत्या गरी विनोद फरार भएका थिए ।
उनलाई चितवन प्रहरीले हिजो पक्राउ गरेपछि आज यहाँ ल्याई हिरासतमा राखिएको छ । मृतक विन्दुका दुई बच्चा छन् ।
No comments:
Post a Comment