• Breaking News

    7.17.2014

    १०० मा फोन गरेर महिलाले प्रेमप्रस्ताव राखेपछि…

    साउन १ मोरङ । सर्वसाधारण नागरिकको सुबिधाका लागि प्रहरी कार्यालयमा राखिएको १०० नम्बरमा आउने ब्लफ कलका कारण जिल्ला प्रहरी कार्यालय मोरङ यतिबेला हैरानीमा परेको छ ।

    एनसेलको नम्बरबाट आउने कलमा महिलाहरुले फोनगर्ने र प्रहरीलाई बिवाहको प्रस्ताव राखेसंगै गालिगलौज समेत गर्ने गरेको प्रहरीको भनाई छ ।

    भिजुअल पज पोस्पेड र प्रिपेड मोबाइलबाट आउने कलबाट गालिगलौज आएमा तत्काल कारबाही गर्न सकिने भएपनि एनसेलको नम्बर कस्को हो भन्ने पता नलाग्ने गरेकोले कारबाही गर्न समेत नसको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बिश्वराज पोख्रेलले बताए ।

    मनोरञ्जनको रुपमा आउने फोनका कारण प्रहरीले हैरानी खेप्नु परेको र कारबाही गर्न नसकिएको पोख्रेलको भनाइ छ । यसरी प्रहरीलाइ आउने फोनमा कामको भन्दापनि प्रेमप्रस्ताव बढि आउने गरेको प्रहरीको भनाइ छ ।

    आकस्मीक सुविधाको लागि राखिएका फोनमा फेककल आउनाले प्रहरीलाई सास्ती जति भएपनी कारबाही गर्न नसक्नुको पछाडि एनसलको सिम खरिदमा हुने लापरबाही प्रमुख कारण रहेको प्रहरीको भनाई छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र