• Breaking News

    7.23.2014

    किन हनुमानढोका पुगिन गायिका इन्दिरा जोशी ?

    काठमाडौं, ८ असार । मानव तस्करहरुबाट ठगिएपछि नेपाली साकिराको उपाधि पाएकी गायिका इन्दिरा जोशी हनुमानढोका प्रहरीको शरणमा पुगेकी छिन् ।
    युरोपको एउटा कार्यक्रममा लैजाने भन्दै आफूलाई ठगिएको भन्दै इन्दिरा उजुरी लिएर प्रहरीको शरणमा पुगेकी हुन् ।
    आफ्नो नाम बेचेर युवाहरुलाई युरोपियन देशको भिसा लगाई मानवतस्करी गरेको इन्दिराको दाबी छ । उनका अनुसार, काठमाडौंको डिल्लीबजारस्थित एलमिरा एजुकेशन ओभरसिजका सञ्चालक सुमन कार्कीले युरोपको सांगीतिक कार्यक्रममा जाने भन्दै उनको पासपोर्ट लिएका थिए । बेलायत र युरोपियन मुलुकको सांगीतिक कार्यक्रममा जान उनले कार्कीलाई पासपोर्ट पनि बुझाइन् । भिसा लागेपछि युरोपियन देशको कन्सर्टका लागि उनी तयारी गरिरहेकी थिइन् । तर, अन्तिम समयमा कार्यक्रम स्थगित गरियो ।
    इन्दिरा त्यतिबेला आश्चर्यचकित भइन्, जतिबेला उनीसँगै भिसा लागेका र कन्सर्टमा सहयोगीका लागि जाने भनिएका युवाहरु बेलायत उडिसकेका थिए । पछि थाहा भयो, ती युवाहरुलाई युरोपियन मुलुकमा लैजान इन्दिराको नाम पो प्रयोग गरिएको रहेछ ।
    आफ्नो नाम बेचेर मानव तस्करी भएपछि इन्दिरा न्याय खोज्दै प्रहरी सामु पुगेकी हुन् । तर, उनलाई झुक्याएर ठग्ने सुमन कार्की लगायत भने फरार रहेको प्रहरीले बताएको छ ।
    चर्चित कलाकारको नाम लिएपछि भिसा लगाउन सजिलो हुने भएकाले आफूलाई त्यसी झुक्काइएको इन्दिराको दाबी छ ।
    यसो त इन्दिरा यसअघि पनि यस्तै एउटा गिरोहबाट ठगिएकी थिइन् । खाडी मुुलुक दुबईमा कन्सर्टका लागि भनेर उनीसँगै अन्य केही व्यक्तिलाई त्यहाँ लगिएको उनले बताइन् ।
    अमेरिका, युरोप लगायतका मुलुकमा भिसा पाउन गाह्रो हुने भएकाले तस्करहरुले कलाकारको नाम बेचेर युवाहरुसँग लाखौं रकम असुलेर मानव तस्करी गर्ने गरेको पाइएको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र