असार २८ एजेन्सी ,विश्वमै सबैभन्दा छिटो बोल्ने रेकर्ड बनाएकी ‘मोटर माउथ’ फ्रान क्यापोले एक सेकेण्डमा ११ शब्द र पूरा एक मिनेटमा ६०० शब्द बोल्न सक्छिन् । उनीसँग सबैभन्दा छिटो बोल्न सक्ने महिलाको गिनिज वल्र्ड रेकर्ड छ । उनले यो रेकर्ड दुई पटक तोडेकी छिन् । उनको रिप्लिज विलिभ इट अर नट र बुक अफ अल्टरनेटिभ रेकर्डमा पनि दर्ज गरिएको छ ।
अमेरिकाको न्युयोर्ककी बासिन्दा फ्रान बाल्यकाल देखि नै छिटो बोल्थिन् । ‘म सानै देखि चाँडो बोल्न खोज्थे । त्यही भएर आज म विश्वकै चाँडो बोल्ने महिला बनेकी छु’, उनी भन्छिन् ।
उनले सन् १९८६ मा पहिलो पल्ट यो रेकर्ड तोड्ने प्रयास गरेकी थिइन् । त्यति बेला उनले एक मिेनटमा ५८५ शब्द उच्चारण गरेकी थिइन् । त्यसपछि सन् १९९० मा फेरि उनले यो रेकर्ड तोडिन् । उनले त्यति बेला एक मिनेटमा ६०३.३२ शब्द उच्चारण गरेकी थिइन् ।
No comments:
Post a Comment