• Breaking News

    7.28.2014

    अनुहार राम्रो बनाउन छ भने यसो गर्नुहोस ..!

    अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।

    राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..

    १.कागती पानीः
    कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

    २ अण्डाः 
    अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
    अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

    ३.महः 
    मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
    महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

    ४.स्ट्रवेरिजः
     स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

    ५.केराः
    महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र