• Breaking News

    7.29.2014

    महिला सेक्स विनानै गर्भवती हुन सक्ने

    प्रकृतिमा बाबु विनानै सन्तान उत्पादन गर्ने धेरै प्रजातिका प्राणि छन् । आखिर प्रकृतिमा चलिनै रहेको यो क्रिया मानव जीवनमा चाँहि किन हुन नसकेको होला ? बैज्ञानिकहरुले यो प्रश्नको खोजी गरिरनैरहेका छन्
    आमा बन्न महिलालाई यसै पनि सहज विषय होइन । तर उनीहरु पुरुषविना आमा बन्न सक्दैनन् । महिलाले चाहेको समयमा पुरुष विनानै सन्तान जन्माउन सक्ने भए धेरै झन्झटबाट मुक्त हुन्थे होला । तर महिलालाई गर्भवती बन्न पुरुषको स्पर्म चाहिन्छ नै ।
    १० वर्ष अघि जापानी शोधकर्ताहरुले २ आमा भएको तर बाबु नभएको एक मुसा पैदा गरेका थिए । उनीहरुले २ पोथी मुसाको तन्तुबाट नयाँ मुसा पैदा गरेका थिए ।
    बैज्ञानिकहरु महिलाको स्टेमसेलबाट स्मर्म पैदा गर्न सकिने बताउँछन् । तर बेलायतको युनिभर्सिटी अफ शेफिल्डका चिकित्सक प्रजनन विशेषज्ञ डा. अलान पेसी यो प्रक्रिया सहज प्रक्रिया भन्छन् ।
    विभिन्न जल र थल प्राणिहरु मैथुन विना नै सन्तान उत्पादन गर्छन् जहाँ भालेको भूमिका नै हुँदैन ।
    यसकारण सिद्धान्ततः कुनै महिलाले पुरुषसँगको संसर्ग विना नै सन्तान उत्पादन गर्ने कुरा सोंच्न सकिएपनि यसको परिणाम र प्रभाव भने आँकलन गर्न कठिन छ ।
    चिकित्सकहरुका अनुसार यसरी प्रयोगशालाको बलमा सन्तान उत्पादन गर्दा सन्तानमा शारीरिक र मानसिक समस्या हुने विकलाङ्ग सन्तान जन्मिने सम्भावना बढी हुन्छ ।
    युरोपका कतिपय राजपरिवारमा यसरी प्रयोगशालाको बलमा जन्माइएका सन्तानहरु विकलाङ्ग भएका   थिए ।

    तर सुदुर भविष्यमा बिज्ञानको विकाश हुँदै जाँदा सन्तान जन्माउनका लागि पुरुषको आवश्यकता नै नपर्ने र मैथुन प्रणालीबाट हुने प्रजननको अन्त्य हुने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
    विविसीबाट साभार गरेर अनुवाद गरिएको

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र