काठमाडौं,साउन७– असार २९ गते आइतबार ४ बजे संसदमा बजेट पेश भयो । त्यसको एक घन्टाअगाडि बस्न लागेको क्याबिनेट बैठकभन्दा ठ्याक्कै ३० मिनेट अघिको प्रसंग हो यो । बजेट तयार पार्ने आधिकारिक निकाय अर्थ मन्त्रालय तर त्यहीँका प्रशासनिक प्रमुख यवराज भुसाल प्रधानमन्त्री कार्यालयस्थित क्याविनेट रुमबाहिर घाइते अबस्थामा भेटिए । टे टाँसिएको गाला सुन्निएको अबस्थामा थियो,आँखाको डिलमा निलडाम । केही मन्त्रीले सोध,‘ के भयो?’जवाफ आयो,‘भरयाङमा चिप्लिएर लडेनी हजुर ।’कसैलाई चाहिँ शौचालयमा शौचालयमा पछारिएको र यसक्रममा पर्दा च्यातिएको पनि भन्दा रहेछन् । आफ्नो क्षत्रका निम्ति अधिकभन्दा अधिक योजना पार्न उद्दण्ड स्वभावका केही सभासद्ले भकुरेका त होइनन् ? कसेकसैको आशंका यस्तो पनि थियो । सरकारी सवारी चालकचाहिँ मन्त्रचालयको प्राङगणमा खासखुस गर्दै थिए–यत्तिकै आँखामा चोट लागछ ? कुलेश्वरका हाइटका छिमेकीहरुले अब यो ८ गतेदेखि खस्किहाल्छ भन्दै सार्वजनिक जग्गा मिचेकोमा कुटेर रिस फेरेका हुन् नि । घटना जस्तो भए पनि सत्य यही हो कि मुख्यसचिव बन्न भातपानी छाडेर लागेका तीन महिने अर्थ सचिव यतबेला घाइते छन्,जनआस्था साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment