• Breaking News

    7.25.2014

    रौतहटमा बस दुर्घटना, १ को मृत्यु १२ घाइते

     ९ साउन, रौतहट । पूर्व पश्चीम राजमार्गको रौतहटको सडकखण्डमा भएको छुट्टाछट्टै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको । १२ घाइते भएका छन । चन्द्रपुर नगरपालिका-१ लमहामा काठमाडौ बाट गौर जादै गरेको ना ४ ख ८९०४ नम्बरको रात्रि बसको ठक्करबाट शुक्रबार बिहान एक पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

     त्यस्तै आजै बिहान काठमाण्डौबाट राजबिराज जादै गरेको ना ५ ख १२६९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुदा १२ यात्रु घाईते भएका छन । घाईते हुनेमा उतम महत र उनको श्रीमती चुनु महत, पबित्रा लिम्बु, नबराज भट्टराई, शेष अहमद, बिष्णुदेब राम, मोहन श्रेष्ठ, शान्ति देबी लगायतका यात्रुहरु रहेका छन । उनीहरुको चन्द्रनिगाहपुरका अस्पतालमा उपचार भैरहेको छ । दुबै रात्रि बस चन्द्रपुर नगरपालिका भन्दा पश्चिम ४ किलोमिटर पर लमाहामा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बस र चालक दुवै प्रहरी नियन्त्रणमा रहेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र