१५ साउन, इटहरी ।पूर्वी नेपालको केन्द्रविन्दुको रुपमा रहेको इटहरीमा लामो समय देखि होटल तथा रेष्टुँराको नामबाट अवैध यौनधन्दा सञ्चालन गर्दै आएका सात जना होटल सञ्चालकहरुलाई बुधबार कारागार चलान गरिएको छ । सुनसरी जिल्ला अदालतका न्यायधिस शारदा प्रसाद कोइरालाको एकल इजलासले बुधबार पूर्पक्षको लागी जेल चलान गर्न दिएको आदेश अनुसार अवैध यौनगतिविधिमा संलग्न सात जना अभियुक्तहरुलाई विराटनगर कारागार चलान गरिएको हो ।
अदालतको आदेश अुनसार कारागार चलान गरिएकाहरुमा राधा तामाङ महर्जन,राधा आचार्य प्रधान, ज्ञानु राई भन्ने ज्ञानमाया राई, सपना शाक्य श्रेष्ठ, सरु भनीने सावित्रि भण्डारी गिरी र मनोज चौधरी लगायतका इटहरीका होटल सञ्चालकहरु रहेका छन् ।
विगत लामो समय देखि इटहरी तथा आसपासको क्षेत्रमा होटल तथा लजको नामबाट अवैध रुपमा यौन धन्दा सञ्चालन गरी अकुत सम्पति आर्जन गरी रहेको अवस्थामा गत असार १६ गते इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका अभियुक्तहरुमाथि प्रहरीले मानव बेचविखन तथा जिउ मास्नेबेच्ने अभियोग अन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोहि मुद्दा माथि भएको बहस पश्चात न्यायधिस कोइरालको इजलासले अभियुक्तहरुलाई अदालती बन्दोवस्ती देह २०१८ अन्तर्गत थुनामा पठाउने आदेश दिएको हो । यता अदालतमा बहस भई रहदा इटहरीबाट ठुलो संख्यामा पुगेका सर्वसाधरण महिलाहरुले इटहरीलाई नै यौन अखडाको रुपमा बदनामित गर्नेहरुलाई कडा सजायको माग गर्दै नाराबाजी गरेका थिए । अदालत बाहिर पुगेका ति सर्वसाधरणहरुलाई अदालत परीसरमा प्रवेशमा प्रहरीले रोक लगाएको थियो । अर्को तर्फ अदालतको आदेश प्रतिक्षमा बसेका अभियुक्त तथा आफन्तले आदेश सुनेर रुवावासी गरेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment