• Breaking News

    7.30.2014

    हिरोसिमामा बम खसाल्ने पाइलटको अबसान

    एजेन्सी–दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर नरसंहार गराउने विमानका पाइलटको मृत्यु भएको छ । डच उपनामबाट चर्चित पाइलट थियोडोर भान किर्कको ९३ वर्षको उमेरमा मृत्यु भएको हो ।
    २४ वर्षकै उमेरमा युद्धक विमान ‘इनोला गे’ उडाउने जिम्मा पाएका उनले सन १९४५ को अगस्ट ६ मा जापानको हिरोसिमामा ‘लिटिल बोइ’ नामक परामाणु बम खसाल्दा विमान उडाएका थिए,जतिवेला उक्त बमबाट ७८ हजार मानिसको मृत्यु भएको थियो । पछि यो संख्या बढेर १ लाख ४० हजार पुगेको थियो । त्यसको केही दिनपछि नै अमेरिकाले पुनः जापानको नागासाकीमा पनि यस्तै पनि अर्को बम खसालेको थियो ।
    विष्पोटपछि हिरोसिमाको भ्रमण समेत गरेका भान किर्कले उक्त कर्मप्रति आफुलाई कुनै पछुतो नलागेको भनेर प्रतिक्रिया दिने गरेका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र