• Breaking News

    7.17.2014

    बामदेवको तर्क–नेपालमा जनजाति नै छैन

    १ साउन, ललितपुर ।
    एमालेका उपाध्यक्ष वामदेव गौतम मनमा लागेको कुरा स्पष्ट राख्न माहिर छन् । एमाले महाधिवेशनबाट पार्टीभित्र शक्तिको रुपमा स्थापित भएका गौतम यतिखेर मुलुकको कार्यवाहक प्रधानमन्त्रीको भूमिका छन् । उनी बोल्दा कोही रिसाउँछ भन्दा पनि आफूलाई लागेको कुरा फ्याट बोलिहाल्छन् ।

    कार्यवाहक प्रधानमन्त्रीको भूमिकामा रहँदा ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले समावेशीको प्रसंंगमा भनिहाले–व्यक्तिगत रुपमा मलाई नेपालमा जनजाति छन् भन्ने नै लाग्दैन । संघीय प्रणालीमा जाँदा सुरक्षा निकायको पुर्नसंरचनाको बिषयमा बोलिरहंदा सुरक्षा निकायमा समावेशी र आरक्षणको सन्दर्भमा कोट्याउँदै उनले जनजातिको प्रसंग जोडेका हुन् ।
    उनले भने–संविधानले भनेपछि मान्नै पर्‍यो, तर मलाई नेवार जनजाति जस्तो लाग्दैन, काठमाडौंको उत्पतिसँगै यहाँ बस्दै आएका नेवार समुदाय धार्मिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्ध छन्, कसरी उनीहरु जनजाति भए ?
    उनको सो अभिव्यक्ति सुनेपछि कार्यक्रमका सहभागीले मुखामुख गरेका थिए । उनले थपे–गुरुङ, राईहरुलाई जनजाति भन्छन्, मैले त्यस्तो लाग्दैन, सामाजिक, सास्कृतिक रुपमा उनीहरु सशक्त छन्, अन्तराष्ट्रिय क्षेत्रमा उनीहरुले नै देशको नाम राखेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र