कुरा हो कलाकारको बिहे प्रसंगको। नेपाली फिल्म क्षेत्रका चर्चित अनुहार राजेश हमाल, आर्यन सिग्देल, श्रीकृष्ण श्रेष्ठ, अनुप बराल, मिथिला शर्माको विवाह भएको यो वर्षले अझै धेरै सेलिब्रेटीको विवाह गराउला, त्यो पछि नै थाहा हुनेछ। तर चर्चित लोकदोहोरी गायिका सुनिता दुलालको सवालमा पनि विवाहको साइत यसै वर्ष जुर्दै रहेछ।
‘अब चाहिँ विवाह गर्नुपर्छ है भन्ने सोच दिमागमा आइसकेको छ, त्यसकारण यसै वर्ष मेरो विवाह हुँदैछ, विशुद्ध एरेञ्जसँग जोडिएको लभ म्यारिज हुनेछ’ सुनिताले गफिंदै यो कुराको खुलासा गरेकी हुन्।‘विवाहको साइत यो साल कट्दैन होला कटीहाले पनि अर्को साल चाही पक्का, मलाई बुझ्ने नेपाली समुदायकै पढेलेखेको केटा विवाह गर्नेछु। जसले मेरो कामको सम्मान गर्छ, ऊ नै श्रीमान हुनेछ।’
त्यसो त सुनितालाई दैनिक विवाहको प्रस्ताव नआएको होइन। उनको फेसबुक फ्यान पेज, इमेलमा यस्ता प्रस्ताव असंख्य छन्। ‘जन्मदिनमा त अनलाइनबाट ५ देखि ६ वटासम्म फ्यानले पठाएका केक आउँछन्,’हालै क्यानडाका अधिकांश राज्यमा सांगीतिक कार्यक्रम गरेर फर्किएकी उनले पुनः दोहोर्याईन्,‘त्यसकारण पनि अब विवाह गर्ने सोच आईसकेको छ।’
No comments:
Post a Comment