लोकदोहोरी गायक पशुपति शर्मा श्रोताको मन छुने शब्द बुनेर गीत बनाउन माहिर छन् । उनले केही समयअघि सार्वजनिक गरेको ‘मलाई अमेरिका यही’ बोलको गीत चर्चामा आएको थियो ।
तर उनले तिजको अवसरमा निकालेको ‘गाउँ निकाला’ एल्बमले भने केही तनाव दिएको छ । एल्बममा समावेश एक गीतले दलितालाई होच्याएको भन्दै विरोध पनि सुरु भएको छ । यो गीतलाई अब रेडियोमा स्थान दिने या नदिने भन्ने बिषयमा पनि बहस सुरु भएको छ ।
उनले आफै तयार पारेको गीतले यसो भन्छ :
के को बाहुन के को जनजाति
जातका कुरा गर्नेहरु देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ ?
मेरो छोराले कमिनी ल्यायो
मेरी छोरी नि दमैसित गई,
मैले पनि गुरुङ्सेनी ल्याकै हो
हामी नेपाली हौं, मलाई त्यत्ती थाहाछ
हाम्रो घरमा जातका कुरा हुन्न……
दलित समुदायलाई सिधै लक्षित गरिएको भन्दै ‘दलित सेवा संघ’ले विज्ञप्ती मार्फत विरोध जनाएको छ । यता गायक शर्माले भने आफूले जाती र दलित भन्दा पनि सबै नेपाली भएको सन्देश प्रवाहा गर्न खोजेको बताए । उनले गीतले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै भने-’ खै उहाँहरुले गीतको भाव वुझ्नु भएन होला ।’ उनले गीतको भिडियो भोलीसम्म बजारमा आउने बताए ।
गीतको भिडियो बजारमा आएपछि विरोध गर्नेहरु चुप हुने उनको विश्वास छ । आफ्नो गीतले बाउन-क्षेत्री रिसाउलान् भनेको त उहाँहरुको पो रिसाउनु भयो, पशुपतीले अनलाइनखरबसँग भने । गीतको प्रोमो भने सार्वजनिक गरिएको छ ।
No comments:
Post a Comment