पोखरा, साउन ११ - तेह्र वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा पोखराको प्रस्याङ्गबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको बेतिया घर भई कास्कीको लेखनाथ नगरपालिका बस्दै आएका २४ बर्षीय सोयल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्सारीले मादक पदार्थ सेवन गरी घरको झ्यालको जाली च्यातेर भित्र छिरी स्थानीय बालिकालाई जबरजस्ती गरेको उजुरी परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितले दएको जाहेरीमा अन्सारीले साउन ८ गते राती साढे १२ बजेको समयमा झ्यालबाट भित्र छिरेर कम्बलले बालिकाको मुख छोपी मलद्वारमा करणी गरेको पीडित बालिकाले बताएकी छन् ।
पक्राउ परेका अन्सारीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment