• Breaking News

    7.30.2014

    जबर्जस्ती करणीको आरोपमा सैनिक पक्राउ

    बुटवल, साउन १५ – जर्बजस्ती करणी गरेको आरोपमा बुटवलमा नेपाली सेनाका जवान पक्राउ परेका छन् ।
    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भवानी बक्स गण बुटवलमा कार्यरत कास्की हंसपुरका विश्वराज खनाललाई पक्राउ गरिएको हो ।
    खनालले बुटवलको इट्टाभट्टीमा डेरागरी बस्ने १९ वर्षक युवतीलाई आफु घुमुवा प्रहरी हुँ भन्दै जर्वजस्ती करणी गरेको पीडित युवतीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
    पीडित युवतीको उजुरीको आधारमा प्रहरीले खनाललाई पक्रेको हो । खनालले घटना अरुलाई बताए ज्यान लिने धम्की दिएको युवतीले बताएकी छन् । प्रहरीले खनालमाथि अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट ४ दिनको म्याद लिएको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र