• Breaking News

    4.10.2014

    हराइरहेको मलेसियन विमानको कालो बक्स फेला पर्यो

    काठमाण्डौ, २८ चैत । खोजीकर्ताहरुले हिन्दमहासागरमा खोजिरहेको मलेसियन एयरओएज एमएच ३७० को कालो बक्स फेला पारेको एनटी न्युज च्यानलले बताएको छ ।


    कालो बक्स फेला पर्नुले पनि अब बिमान भेटिने आश बढेको खोजीकर्ताहरुले बताएका छन् ।

    मलेसियन प्रधानमन्त्री नजिब रजाकले चिनीया राष्ट्रपति जि जिङपिङसित भेटी मलेसियन एयरओएजबारे पछिल्लो चरणमा भएको खोजीबारे र कालो बक्सबारे जानकारी लिने बताइएको छ ।

    प्रधानमन्त्री रजाकले भनेका छन्,‘ हिन्दमहासागरको गहिराईमा पुगि विमान खोजीकार्य जारी रहेको छ । विमानबारे धेरै तथ्यहरु फेला परिरहेका छन् । पछिल्लो समयमा फेला परेको कालो बक्सबारे अध्ययनन भइरहेको छ । संकेत आइरहेको समयमा हामीले धेरै काम गर्नुपर्ने हुन्छ ।’

    कालो बक्सले ३० दिन पछि संकेत दिने काम गर्न छोड्छ । चिनीया भ्रमणबारे खुलेर बोल्न नचाहेका रजाकले पछिल्लो समयको खाजीकार्यप्रति विमान भेटिने आश बढेको बताएका छन् ।

    रजाकले चिनीया तथा अष्ट्रेलियन सरकारलाई खोजीकार्यमा देखाएको तदारुकताको सर्हाना गरेका छन् ।

    मलेसियाको इतिहासमा पहिलो पटक यति ठुलो क्षति भएको रजाकले बताएका छन् ।  एजेन्सीको सहयोगमा

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र