आर्थिक लेनदेनका आधारमा प्याब्सन, एन प्याब्सन सहित उद्योपति र चिकित्सकलाई समानुपातिक सभासदमा नियुक्त गरेका भनिएका फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छेद्दार पार्टीमा एक्लीएका छन् । गच्छेद्दारले ब्यक्तिगत निर्णयका आधारमा एन प्याप्सनकी अध्यक्ष गीता राणा, प्याप्सनका अध्यक्ष बाबुराम पोखरेल, डा सुवोध पोखरेल र उद्योगपति पवन सारडालाई समानुपातीक सभासदमा नियुक्त गरेका छन् ।आर्थिक लेनदेनमा सभासद बनाएर पार्टीका पदाधिकारीको कुरा नसुनेको भन्दै गच्छेद्दार बिरुद्ध पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्षहरु गोविन्द चौधरी, नसिर सिद्दिकी र दानबहादुर चौधरी, महासचिव जितेन्द्र देव, सचिव रविन्द्र ठाकुर र भन्द्रेश्वर खत्वेले निर्वाचन आयोगमा उजुरी समेत दिएका छन् ।
पार्टीका बरिष्ठ नेता सहित चार सभासदले राजीनामानै दिएर बिरोध गरेपछि पार्टीमा २० प्रतिशन नेतापनी आफ्नो पक्षमा नउभिएपछि गच्छेद्दारले कुरा मिलाउनुपर्ने भन्दै पदाधिकारीहरुलाई छलफलका लागि बुधवार साँझनै बोलाएको एक असन्तुष्ट नेताले बताए ।
नेता रामेश्वर रायसहितको समूहले बुधबार अध्यक्ष गच्छदारलाई भेटेरै निर्णय सच्याउन चेतावनी दिएका छन् । समानुपातिको सूचीलाई लिएर कैलाली ३ बाट प्रत्यक्ष निर्वाचित राजजनम चौधरीसहित केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकीले राजीनामा दिएपछि गच्छेद्दार थप एक्लीएका छन् ।
पार्टीमा अल्पमतमा परेर आफुनै पार्टीबाट बहिस्कृत हुने देखिएपछि गच्छेद्दारले पार्टीका केही बरिष्ठ नेता सहित अन्यलाई विभिन्न प्रलोभन देखाएर सहमती गराउन खोजेको असन्तुष्ट नेताहरुले आरोप लगाएका छन् । 'आर्थिक प्रलोभन र सरकारमा जाँदा सहभागी गराउने सम्मको लोभ देखाएर केही साथिहरुलाई अहिल्यै फकाउन खोजिएको छ यस्तै रहे पार्टी अध्यक्षनै पार्टीमा नअटाउन सक्छन्' ति असन्तुष्ट नेताले टपनेपालन्युजसँग भने ।
No comments:
Post a Comment