• Breaking News

    1.01.2014

    सभासद चयन पछि बर्दिया काँग्रेस भित्र गम्भीर असन्तुष्टी

     पुष१८,बर्दिया
    समानुपातिकतर्फका उम्मेदवार छनोट प्रकृयामा नेपाली काँग्रेसले  गरेको एकतन्त्रीय शैलीप्रति बर्दिया क्षेत्र नं. २ बाट निर्वाचित नेपाली काँग्रेसका सभासद संजय गौतमले गम्भीर असहमती रहेको वताउनुभएको छ।  समानुपातिकतर्फ एकजना पनि उम्मेदवार छनोट नगरेर पार्टीले बर्दियाप्रति हेर्ने आफ्नो नियत छर्लङ्ग पारेको भन्दै सभासद गौतमले आक्रोष समेत पोख्नुभएको छ।

    संविधानसभाको निर्वाचनमा विशेष भूमिका निर्वाह गरेको बर्दिया जिल्लालाई पार्टीको केन्द्रिय वैठकमा बर्दियाको सभासद छनोटका लागि पहल गर्दा गर्दै पनि केन्द्रले आफ्नो पहलप्रति वेवास्ता गरेकोमा गौतमले आपत्ती जनाउनुभयो। उहाँले करिव ४२ हजार ५ सय समानुपातिक मत ल्याउन सफल बर्दिया जिल्लामा एकजना पनि समानुपातिक तर्फका उम्मेदवार छनोटमा नपरेको भन्दै दुःख व्यक्त गर्नुभयो।

    बर्दियाबाट नेपाली काँग्रेस समानुपातिक तर्फका उम्मेदवारहरु मुक्तीनाथ यादव, पेपी थारु र सोमप्रसाद थारु मध्ये कोही पनि छनोटमा नपारेकोमा आपत्ती जनाउँदै निर्णय नसच्चाईए नेपाली काँग्रेसका जिल्लाका नेताहरुले राजीनामा दिने चेतावनी दिएका छन्। समानुपातिक उम्मेदवार मुक्तीनाथ यादव र पेपी थारु, नेपाली काँग्रेसका निवर्तमान सभापति अरुणप्रकाश सिंह राठौर, सोदे विष्ट, मालती सोडारी लगायत दुई दर्जन नेताहरुले प्रेस विज्ञप्ती जारी गर्दै राजीनामाको चेतावनी दिएका छन्। छनोटमा केन्द्रिय नेताका आफन्त, चाकरीवाल पर्ने तर गाउँ घर जनताका घरदैलोमा निष्ठापूर्वक संगठन गर्ने व्यक्तिहरु समानुपातिकमा नपर्नु दुर्भाग्य रहेको उनीहरुको ठहर छ।

    उम्मेदवार छनोट प्रकृयालाई लिएर नेपाल विद्यार्थी संघ बर्दियाका नेता कमल रेग्मी नेतृत्वको विद्यार्थी समूहले नेपाली काँग्रेसको पार्टी कार्यालयमा तालावन्दी समेत गरेको छ। बर्दियाबाट समानुपातिकको सूचिमा नाम रहेका उम्मेदवारलाई पनि अविलम्व छनोट गर्नु पर्ने विद्यार्थीको माग छ। माग पूरा नभएसम्म पार्टी कार्यालयमा लगाईएको ताला नखोलिने रेग्मीले वताएका छन्। अर्का विद्यार्थी नेता स्थानेश्वर सिग्देल समर्थीत विद्यार्थीहरुले भने तालावन्दीको विरोध गरेका छन्।
    श्रोत\hamrakura.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र