काठमाडौं, पौष ८ ।
नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारका लागि राज्यले उचित लगानि गर्न सक्नुपर्ने शीर्ष राजनीतिक दलका युवा नेताहरुले बताएका छन् । राजधानीमा सोमबार एसियन जर्नलिष्ट एसोसिएसन (आजा)ले गरेको ‘खेलकुदका भावी दिनः दलहरुको कार्यसूची र प्राथमिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी युवा नेताहरुले खेलकुदलाई राज्यले अतिरिक्त क्रियाकलाप भन्दा पनि उच्च प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापा, एमाले नेता रविन्द्र अधिकारी र एकीकृत माओवादीका नेता ‘प्रशान्त’ले आ–आफ्नो दलका चुनावी घोषणापत्रमा गरिएका खेलकुद सम्बन्धी प्रतिबद्धता पूरा गर्ने उद्घोष गरे ।
देशलाई एकताको मुलधारमा ल्याउने खेलकुद क्षेत्रमा राज्यले उचित लगानी गर्न सक्नुपर्ने उनीहरुको भनाइ थियो ।
विश्वकपमा छनोट हुन सफल क्रिकेट खेलको संस्थागत र दिगो विकासका लागि केन्द्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला तथा क्षेत्रमा राष्ट्रियस्तरका रंगशाला तथा क्रिकेट एकेडेमी निर्माण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
No comments:
Post a Comment