दाङ, १६ पुस ।
जिल्लामा के-कति यौनकर्मी महिलाहरु छन् भन्ने विषयमा कुनै तथ्याङ्क छैन । तर पछिल्लो समयमा केही संघसंस्थाहरुले उनीहरुको अवस्था र तथ्यांक खोज्ने प्रयास गरेका छन । नेपाल परिवार नियोजनले २०७० भदौ देखि पुससम्म गरेको एक अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ । अध्ययनमा जिल्लामा ७ सय बढी यौनकर्मीहरु सक्रियरुपमा यौन पेशामा रहेको खुल्न आएको छ । संघले सोमवार घोराहीमा जिल्लामा यौनकर्मी महिलाहरुको अवस्था, समस्या र समाधानका उपायहरु विषयक अन्तर्त्रिmया कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा मुख्यरुपमा घरमा पुरुषको अनुपस्थितिले यौन व्यवसायलाई मलजल गरिरहेको देखिएको छ । जिल्लामा यौन व्यवसायीका क्षेत्रमा काम गर्ने सामाजिक कार्यकर्ताहरुसँग गरिएको अध्ययन र र्सर्वेक्षणमा यौन व्यवसाय विशेष गरी दुइ कारणले हुने गरेको उल्लेछ छ । र्सवेक्षणका अनुसार आर्थिक अभाव र यौन असन्तुष्टिका कारण महिला र पुरुषहरु यौन व्यवसायमा तानिएका छन् । आर्थिक अभावका कारण यौन कर्म गर्नेहरु व्यावसायिकरुपमा लागेको देखिन्छ भने सन्तुष्टिका लागि मात्र गर्नेहरु आर्थिक लेनदेन विना पनि गर्ने गरेको अध्ययनमा खुल्न आएको छ । सन्तुष्टिका लागि मात्र यौन व्यवसाय गर्नेहरु अधिकांश महिलाहरु छन् । र उनीहरुले पुरुषहरुलाई उल्टै पैसा दिएर यौन व्यवसाय गरिरहेका छन् । ‘आफ्ना श्रीमानहरुबाट यौन सन्तुष्टि नपाउने महिलाहरु यसरी पुरुषलाई खर्च दिएरसमेत यौन सन्तुष्टि मेटाउन यो पेशामा लागेको देखिन्छ’ र्सवेक्षणमा भनिएको छ । व्यवसायिकरुपमा गर्नेहरुले पुरुषहरुबाट आर्थिक लिने गरेका छन् भने सन्तुष्टिका लागि मात्र यौनकर्म गर्ने महिलाले ग्राहक पुरुष यौनकर्मीको लागि उल्टो पैसा खर्च गर्ने गरेका छन् । भने पुरुष यौनकर्मीहरु यौन सर्म्पर्क गरेवापत महिलाहरुबाट आर्थिक लाभ लिने गरेको पत्रकार दर्ुगालाल केसीले बताए ।
अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै पत्रकार केसीले यी दर्ुइखालको यौन कार्यमा विल्कुलै फरक-फरक पृष्ठभूमि र धरातलका महिलाहरु सहभागी हुने गरेको जानकारी दिए । ‘व्यवसाय गर्ने महिला आर्थिकरुपमा समस्यामा परेका, गरिव र विपन्न समुदायका छन् ।’ उनले भने- ‘सन्तुष्टिका लागि मात्र गर्ने महिलाहरु सम्पन्न र सम्भ्रान्त परिवारका छन् ।’ सन्तुष्टिका लागि मात्र यौनकर्म गर्नेहरुले पुरुषलाई ‘यौनसाथीहरु’ भन्ने गरेर व्यवसाय गर्नेहरुले ‘ग्राहक’ भन्ने गरेको उनले बताए । त्यसैगरी तुलसीपुरमा पनि यौन व्यवसाय फस्टाएजत्तिकै भएको छ । पुलिसको उपस्थिति नजिकै यौन धन्दा देखिएको छ भने बसपार्क क्षैत्रमा पनि यस्तै माहोल देखिएको छ । त्यसैगरी घोराहीका केही रेष्टुरेन्टहरुमा पुलिसकै अगाडि यौन धन्धा भएको खुलस्त देखिएको छ । स्थानीयका अनुसार पुलिसले यौन धन्दाको विषयमा जरिवाना गर्नुको साटो महिनावारी उठाउने गरेको देखिएको छ ।
अध्ययनका क्रममा यौनसाथीहरु भन्दा ग्राहकसँग सर्म्पर्क राख्ने विपन्न समुदायका महिलाहरु नै सबैभन्दा बढी जोखिममा देखिएको उनले बताए । जसमा यौन व्यवसायमा संलग्न अधिकांश महिला एकपटक विवाह गरिसकेकाहरु रहेका छन् । त्यस्तै पतिसँग सम्बन्धविच्छेद भएका, पतिले बेवास्ता गरेका, पतिले अर्की विवाह गरेपछि पतिसँग नियमित सर्म्पर्क र सम्बन्धमा नरहेका, यौनसन्तुष्ट नभएका, पति घरबाहिर रहेका महिलाहरु छन् ।
त्यस्तै कलेज पढ्ने आयस्तर न्यून भएका युवतीहरु, घरमा सौतेलो, कान्छा बाआमा भएर हेला, दर्ुर्व्यवहार भोग्ने किशोरीहरु बढी यौन व्यवसायमा लागेको अध्ययनका क्रममा पाइएको उनले बताए । त्यस्तै यौनकर्मीहरुसँग संगत भएका युवतीहरु लहैलहैमा लागेर वा घरका अग्रज महिलाहरु यौनकर्मी भए तिनका छोरी, चेलीहरु यौन कर्ममा लागेका छन् । त्यस्तै महंगो जीवनशैली बिताउन चाहने युवतीहरु, सिजनलरुपमा कामका लागि बाहिर जाने महिलाहरु, राम्रो जागिर र जीवनशैलीको अपेक्षासहित शहरमा पस्नेहरु पनि हाल यौनकर्मको शिकार भइरहेका छन् । नेपाल परिवार नियोजन दाङ शाखाका कार्यक्रम संयोजक बसन्त खनालले यौन पेशा गरेर जोखिममा परेकाहरुको अवस्था पत्ता लगाई उनीहरुको पेशा परिवर्तनको लागि यस किसिमको अध्ययन प्रतिवेदन आफूहरुले तयार पारको उनले बताए । यौनकर्मी महिलाहरुलाई समाजमा अपमानित भइरहेको र बढी हिंसामा परेको हँुदा उनीहरुको पर्ुनस्थापनाको लागि अध्ययन प्रतिवेदन उपयुक्त हुने उनले बताए । यौनकर्मीहरु ग्राहकहरुले नै सडकमा हिँड्दा दर्ुर्व्यवहार, अभद्र व्यवहार गर्ने गरेको, समाजले नकारात्मक दृष्टिकोणले हर्ेर्ने गरेको हँुदा अहिलेको अवस्थामा उनीहरु गर्दै आएको पेशा परिवर्नतन गरी सामाजिक सम्मानका साथ नयाँ पेशामा आउन चाहेको उनले बताए ।
नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता नभएको पनि यो व्यवसाय घट्नेभन्दा बढ्ने क्रममा रहेको उनले बताए । ‘यसको बिरोध गरेर, यौनकर्मी महिलालाई अपमान गरेर मात्र यसको समाधान हुँदैन ।’ ‘यौन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउँदै बिस्तारै न्यूनीकरण गर्न सरकारी, गैरसरकारी र अन्य सेवा प्रदायकहरुले उपयुक्त कदमहरु चाल्न जरुरी छ । सचेतीकरणसँगै अहिले यौनकर्मी महिलाहरु समेत एकजुट भएर अधिकारका लागि वकालत गर्न थालेको उनले बताए ।
कार्यक्रममा यौनकर्मी महिलाहरुको पुनःस्थापनको क्षेत्रमा काम गर्दै आएका संघसंस्था महिला अधिकारकर्मी लगायतको सहभागिता थियो । परिवार नियोजन दाङ शाखाका अध्यक्ष बद्री खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता मौसम आचार्य, दाङ प्लसका कार्यक्रम संयोजक प्रकाश नेपालीलगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण संघका कार्यक्रम संयोजक बसन्त खनालले गरेका थिए ।
gorakshya.com/
No comments:
Post a Comment