गधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गरेका छन् । पोथी गधाको दुधको यो अहिले मात्रै बढेको होइन । इटिप्टकी राजकुमारी क्लियोपेट्रा अति सुन्दर हुनुको रहस्य उनले प्रयोग गर्ने गरेको गधाकै दुध थियो । आन्ध्रप्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्य विभाजनका कारण गतिरोध कायमै रहेको बेला त्यहाँका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित आएकाहरूको चर्चा खुबै भइरहेको छ । उक्त समूहले बजारमा गधाको दुध उच्च मूल्यमा बेचिरहेका छन् । दुध बेच्नेहरू भन्छन्, 'गधाको दुध नवजात शिशुहरूको स्वास्थ्यका लागि सर्वोत्तम पोषण दिने खालको छ ।' शिवाजीपालेममा जी लिंगाम्मा नामकी एक महिलाले गधाको एउटा जोडीका साथ दुध बेच्दै गर्दा त्यहाँ ग्राहकहरूको ठूलो लाइन थियो ।
चार परिवारका २० जना १५ जोडी गधाका साथ तेलंगानाका अदिलाबाज जिल्लाबाट तटीय क्षेत्रमा आएका छन् । लिंगम्माले भनिन्, 'हामी एक कप (२५ मिलि) गधाको ताजा दुध २ सय रुपैयाँमा बेच्छौं, यदि कसैलाई धेरै चाहिए दुई हजार प्रतिलिटरमा दिन्छौं ।' दुध महँगो भए पनि खरिद गर्नेहरूको कमी छैन । लिंगम्माले आफूहरूले अघिल्लो वर्ष पनि यसरी नै दुध बेचेर दैनिक सात सयदेखि ८ सय रुपैयाँ कमाएको बताइन् । दुध खरिद गर्न लाइनमा बसेकी एक गृहिणी के सत्यवतीले लिंगाम्मासँग ७५ मिलि दुध किन्न आएको बताइन् ।
उनले भनि
No comments:
Post a Comment