दीपिका बलिउडका ख्यातिप्राप्त निर्देशक फराह खानको निर्देशनमा बन्न लागेको यो फिल्ममा पहिलोपल्ट बार डान्सरको भूमिकालाई साकार पार्न गइरहेकी छिन्। यस फिल्ममा दीपिका शाहरुख खानको अपोजिटमा काम गर्दै छिन्। यसअघि दीपिका र शाहरुखको जोडीलाई ओम शान्ति ओम र चेन्नई एक्सप्रेसमा देखिएको थियो।
ह्याप्पी न्यु इयरमा शाहरुख र दीपिकाका साथमा अभिषेक बच्चन, विवन शाह, ज्याकी सराफ, बोमन इरानीको मुख्य भूमिका छ। यसको सुटिङ दुबईमा शुरू भइसकेको भारतय सञ्चारमाध्यमले जनाएको छ।
No comments:
Post a Comment