• Breaking News

    8.21.2013

    पुरुषहरु भन्दा महिला किन कम उतेजित हुन्छन ?

               
    वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।”
    पुरुषहरु सेक्सलाई दिनभरीको क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन। वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको क्वीन्स यूनीवर्सिटी द्वारा गराईएको यस अध्ययन  शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधीको पहिले र पछाडी कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यस पछी जवाफ र त्यस बेला ति महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रिया सँग दाँजिएको थियो।

    यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजना बिच तालमेल त्यती नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनी मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो। यस अनुसन्धानका प्रमुख प्रोफेसर मेरेदिथ चिवर्स रहेका थिए।”

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र