मनोरन्जन
अश्लील दृश्य सामेल भएको भन्दै सञ्चार
मन्त्रालयको निर्देशनमा गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाइएको चलचित्र ‘एटीम’लाई अदालतले चलाउन दिन
फैसला गरेको छ ।
अदालतले एटीमलाई सेन्सर बोर्डको
निर्देशनानुसार अश्लील दृश्य र शव्द हटाएर प्रदर्शन गर्न दिन अदेश दिएको छ ।
पुनरावेदन अदालत पाटनले चलचित्र चलाउन दिन विपक्षी सूचना तथा सञ्चार मन्त्रालय र
चलचित्र बिकास बोर्डका नाउँमा आइतवार अन्तरिम आदेश जारी गरिदिएको हो ।
८ मंसिरमा प्रदर्शनमा आएकै दिन चलचित्र
प्रदर्शनमा रोक लगाइएको थियो । रोक लगाउने निर्णयपछि निर्मातापक्ष अदालत पुगेको
थियो । अश्लील दृश्य यूटुव लगायतका सोसल मिडियाबाट व्यापक प्रचारप्रसार भएपछि
सेन्सर बोर्डले चलचित्रको दृश्यमाथि कैची लगाएको थियो । यस्तै चलचित्रलाई १६
बर्षभन्दा माथि उमेर समुहका दर्शकले मात्र हेर्न मिल्ने भन्दै एडल्ट सिर्टिफिकेट
दिएको थियो ।
निर्माता पक्षले भने अदालतको आदेशसँगै अव
नयाँ प्रोमो सार्वजनिक गरी चलचित्र चलाउने बताएको छ । उसले सेन्सर बोर्ड र अदालतको
आदेश सम्मान गर्ने बताएको छ । चलचित्र आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउने
निर्मातापक्षले जनाएको छ ।
No comments:
Post a Comment