• Breaking News

    8.13.2013

    बलात्कार पिडितलाई मन्त्रालयबाट उपचार खर्च उपलब्ध गर्ने

    कपिलवस्तु, १४ असार ।  कपिलवस्तु गजेहडाकी बलात्कार मा परेकी एक महिलालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले उपचारमा सहयोग गर्ने भएको छ । मन्त्रालयले लैङ्गिक हिंसा समन्वय समितिको तर्फबाट उपचार सहयोगस्वरुप रु ५० हजार दिने जानकारी दिएको महिला तथा बालबालिका कार्यालय कपिलवस्तुका प्रमुख कलावती बझाले जानकारी दिनुभयो । यसैबीच विभिन्न सङ्घसंस्थाको सहयोगमा उपचारका लागि काठमाडाँैँ पु¥याइएकी पीडित महिलाको स्वास्थ्य अवस्थामा अझै सम्म  खासै सुधार आउन नसकेको साथी संस्थाकी माया ज्ञवालीले बताउनुभयो ।
    काठमाडौँको प्रसूतिगृह, वीर अस्पताल हुँदै हाल शिक्षण अस्पतालमा उपचार गराई रहेकी उपचारमा घरपरिवारबाट खर्च जुटाउन नसकेपछि कपिलवस्तुका विभिन्न सङ्घसंस्थाले सहयोग जुटाउने अभियान चलाएका छन् । सोही क्रममा महिला तथा बालबालिकाको कार्यालय कपिलवस्तुको विशेष अनुरोधमा मन्त्रालयअन्तर्गतको लैङ्गिक हिंसा समन्वय समितिले उपचार खर्च दिने निर्णय गरेको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र