• Breaking News

    8.18.2013

    दैनिक सेक्स राम्रो कमाईको लागी अत्यन्तै आवश्यक

          धेरै पटक सेक्स गर्नुस, धेरै पैसा कमाउनुस यदि तपाई धेरै पैसा कमाउन चाहनु हुन्छ भने तपाईले एउटा काम सके सम्म धेरैपटक सेक्स गर्नु पर्ने भएको छ। सेक्स र तपाईको कमाईबिच अपत्यारिलो सम्वन्धको पटाक्षेप बेलायतको एन्गलिया रस्किन युनिभर्सिटिमा गरिएक एक खोजबाट भएको हो। खोजकर्ताहरुले नियमित सेक्सलाई राम्रो कमाईको लागी अत्यन्तै आवश्यक मानेका छन्। ताजा खोजमा हप्तामा कम्तिमा ४ पटक सेक्स सम्वन्ध राख्ने मानिस धेरै पटक सेक्स नगर्ने भन्दा धेरै पैसा कमाउने पत्ता लागेको हो। सेक्सकोneeta अभावले मानिसको 'स्टेट अफ माउन्ड'लाई धेरै हदसम्म प्रभाव पार्ने खोजमा पत्ता लागेको हो। खोजकर्ताले भनेका छन्-मानिसले माया गर्नु र र पाउन माया पा
    उनु आवश्यक छ, सेक्सुअल्ली र ननसेक्सुअल्ली पनि ।' \एन्गलिया रस्किन युनिभर्सिटीका खोजकर्ता डा. निक ड्राइडाकिसका अनुसार सेक्सको अभावमा मानिसमा एक्लोपना, सोसियल एन्जाइटी र डिप्रेनस देखिन सक्छ जसले काम गर्ने क्षमतामा ह्रास ल्याउँछ। सफलताको लागी आधारभुत आवश्यक्ता जस्तै खाना,पानी, निन्द्रा र सेक्स पनि उत्तिककै आवश्यक्ता रहको ठम्याइका कारण यस्तो खोज गरेको डा. ड्राइडाकिसले बताएका छन्। उनले २५ देखि ४९ वर्ष उमेरका ७ हजार ५ सय मानिसको तथ्याङक अध्ययन गरेका थिए। उनले ती मानिसहरुसंग स्वास्थ्य, सेक्सुअल क्रियाकलाप, रोजगारीको अवस्था र कमाइको विषयमा प्रश्न सोधेका थिए। खोजको नतिजामा हप्तामा चार पटक भन्दा बढि सेक्स गर्ने मानिसले त्यो भन्दा कम सेक्स गर्ने व्यक्ति भन्दा ५ प्रतिशत बढि पैसा कमाएको पत्ता लाग्यो। त्यस्तै खोजमा सेक्स नै नगर्ने व्यक्तिले सेक्स गर्ने व्यक्ति भन्दा ३ प्रतिशत कम कमाइ गरेको पनि पत्ता लगायो। खोजमा स्वास्थ्यमा समस्या भएपनि धेरैपटक सेक्स गर्ने मानिसले धेरै पैसा कमाउने बताइएको छ।





    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र